दफा ४१
विमा दर सल्लाहकार समिति
(१) नेपाल सरकारले विमा व्यवसायको विमा दर कायम गर्ने संबन्धमा समितिलाई आवश्यक सल्लाह तथा सुझाव प्रदान गर्नका लागि देहायका सदस्यहरु रहेको एक विमा दर सल्लाहकार समिति गठन गर्नेछः– (क) अध्यक्ष, विमा समिति –अध्यक्ष  (ख) बीमकका प्रमुखहरु मध्येबाट नेपाल सरकारले मनोनीत गरेको तीनजना –सदस्य (ग) सचिव, विमा समिति –सदस्य–सचिव (२) सल्लाहकार समितिको बैठक संबन्धी कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ । (३) सल्लाहकार समितिको काम, कत्र्तव्य तथा अधिकार तोकिए बमोजिम हुनेछ ।